• सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गरेको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गरेकाहुन । सामाजिक सुरक्षाका लागि सरकारले रु १ खर्ब बिनियोजन गरेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।

    त्यस्तै युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण निकाल्न पाउने व्यवस्था बजेटले गरेको छ । त्यस्तै सरकारले आर्थिक वर्ष २०७८÷०७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावलाई मध्यनजर गर्दै बजेट निर्धारण गरिएको अर्थमन्त्री पौडेलले बताए ।

4565