-
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्टिय समुदायलाई आग्रह गरेकाछन् ।
विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उनले नेपाली नागरिक सबैलाई पुग्ने गरि कोभिड १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दे सहयोग गर्न आग्रह गरेकाहुन । अनुदानमा नभए किनेर भएपनि खोप ल्याउन सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उनले सबै खोप उत्पादक राष्टहरुलाई आग्रह गरे ।
झण्डै २ करोडलाई खोप दिनुपर्ने भएकाले ठूलो परिमाणमा खोप आवश्यक रहेको भन्दै उनले सोही अनुपातमा खोप उपलब्ध गराउन पनि आग्रह गरे । उनले कोभिड नियन्त्रणका नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैकका क्षेत्रिय निर्देशक लगायत विभिन्न दुतावासहरुको सकारात्मक सहयोग रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई धन्यवाद पनि दिए ।
भारतपछि दक्षिण एशियामा खोप सुरु गर्ने दोश्रो मुलुक नेपाल भएको भन्दै उनले छिमेकीहरुको सहयोगका कारण खोप सुरु गरेपनि पछि विभिन्न कारणहरुले खोप उत्पादक कम्पनि र देशहरुले दिन नसकेका कारण खोपको सहज उपलब्धता नभएका कारण तिब्रताका साथ खोप कार्यक्रमलाई अगाडि बढाउन नसकेको बताए ।
उनले सरकारको विरोध गर्नेहरुले प्रतिनिधिसभा विघटन गरि निर्वाचनको मिति तोक्ने निर्णयलाई असंबैधानिक भयो भनेर विरोध गरिरहेको उल्लेख गरे । सरकारका विरोधीहरुले सरकारका अन्य कतिपय कुराहरुलाई पनि राजनीतिका विषय बनाएर आलोचना गर्ने काम भएको र सरकारले जारी गरेका अध्यादेशहरुको सम्बन्धमा पनि विरोध भईरहेकोबारे आफु जानकार रहेको बताए । उनले विपक्षीहरुले कोभिड १९ को दोश्रो लहरलाई राजनीतिक अभिष्ट पुरा गर्ने माध्यम बनाएको दाबी गरे ।
News Desk 0 response शुक्रबार, जेष्ठ १४, २०७८
उनले भने “कोभिड १९महामारीको यो दोश्रो लहर राजनीतिक हिसावले अदालतलाई दवाव दिने प्रयोजनका लागि पनि र जनदवाव श्रृजना गरेर न्याय निरुपणलाई प्रभावित गर्ने उद्देश्यले न्याय अथवा थ्रेट खडा गर्ने हिसावले पनि यी विषयहरु उठे र उठाईए । जसले गर्दा सामाजिक दुरी कामय राख्नेकुराहरुमा कमि आयो । आस्थागत कारणले पनि धार्मिक जात्रा जस्ता कुराहरुमा भीडभाड गर्ने पर्ने कुराहरुले पनि सजिलोसंग संक्रमण फैलियो ।”
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





