-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्र रहेको बाँकेका अस्पतालमा केही समय अघि कोरोनाका बिरामीको निकै चाप थियो । तर, अहिले नयाँ भर्ना हुने बिरामीमा कमी आएपछि अस्पतालका वेडहरु खाली हुन थालेका छन् ।
केही दिन पहिला मात्र बाँकेका अस्पतालमा कोरोनाका बिरामी भर्ना गर्नका लागि निकै सकस थियो । अस्पतालमा कोरोनाका लागि निर्माण गरिएका शैयाको क्षमताभन्दा धेरै बिरामी आउँदा टेण्ट लगाएर समेत उपचार गर्नु परेको थियो । तर, पछिल्ला दिनहरुमा नयाँ भर्ना हुने बिरामीमा कमी आएको अस्पतालहरुले बताएका छन् । भेरी अस्पताल नेपालगन्ज र मेडिकल कलेज कोहलपुरमा कोरोनाका बिरामीको चाप घटेपछि अन्य बिरामीको पनि उपचार हुन थालेको छ । अस्पतालको क्षमताभन्दा धेरै बिरामीको चाप हुँदा उपचारमा समस्या थियो । अहिले भने कोरोनाका बिरामीको उपचार सहज भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा कुनै बेला दैनिक करीब ३ सय कोरोनाका बिरामी हुने गरेका थिए । ९३ प्रतिशतसम्म संक्रमण दर भएको बाँकेमा हाल ५० प्रतिशतभन्दा कम संक्रमित भेटिने गरेका छन ।
अस्पतालमा अहिले ५५ वेड खाली छन । बिरामीको अवस्था अनुसार एक अस्पतालबाट अर्को अस्पतालमा स्थानान्तरण गरी उपचारलाई प्रभावकारी बनाईएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोनाका बिरामीका लागि समस्या खेप्दै आएका बाँकेका अस्पतालमा पछिल्लो समय वेडहरु खाली हुन थालेपछि नागरिकमा खुशी छाएको छ । जिल्लामा पालिकाहरुले निर्माण गरेका अक्सिजनसहित ८४६ वेड छन भने १५४ आइसियु, २४ भेन्टिलेटर र ५३३ अक्सिजनसहितका वेड छन् ।
News Desk 0 response बिहिबार, जेष्ठ १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





