• कोभ्याक्सलाई कोरोनाविरुद्धको खोप कोभिसिल्डको विकल्पमा नेपालले दुई खोपको सिफारिस गरेको छ । सरकारले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको विकल्प दिएको हो । स्वास्थ्य सेवा विभागले पहिलो विकल्पमा एस्ट्राजेनेका र दोस्रोमा जोन्सन एण्ड जोनसनलाई सिफारिस गरेको छ । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्प माग गरेको थियो ।

    कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकासोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो । कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कोभ्याक्सले ९२ देशलाई जनसंख्याका आधारमा समानुपातिक रूपमा खोप दिने जनाएको छ ।

4565