• चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोरोना खोप दिने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार दिउँसो खोप दिने घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले ट्वीटर मार्फत जानकारी दिएकी हुन् । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप १० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

    सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको छ । ट्वीटरमा राजदुत यान्छीले राष्ट्रपति विद्या भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता लगतै चीनले सो घोषणा गरेको जनाएकी छन् ।।

4565