-
गत वर्ष पहिलो लहरको कोरोना संक्रमण कात्तिक महिनामा उच्च भएको थियो । विज्ञहरुको संक्रमणको दोस्रो लहर आउने चेतावनीलाई वेवास्ता गर्दै सरकार र दलहरूले ठूला सभा र विरोध प्रदर्शन गरे । नभन्दै दोस्रो लहर आयो र नेपालको स्वास्थ्य अवस्थाले थेग्न हम्मेहम्मे परेको छ । अहिले पनि फेरि संक्रमणको तेस्रो लहर आउने चेतावनी दिइरहेका छन । तर सरकारले भने कार्तिक २६ र मङ्सिर ३ मा आम चुनाव घोषणा गरेको छ ।
पहिलेभन्दा बढी संक्रामक प्रजातिको भाइरसले बिरामी ह्वात्तै बढाएपछि आइसीयु, भेन्टिलेटर र अक्सिजनको त अभाव भयो नै, अस्पतालमा शय्यासमेत नपाउने स्थिति आयो । अहिले दैनिक ८ हजार हाराहारी संक्रमित थपिइरहेका छन् । गत बर्षको कार्तिक मंसिरको आकडा हेर्ने हो भने दैनिक ३ हजारको हाराहारीमा संक्रमीत बढीरहेका थिए भने ३० देखि ४० जनाको सम्मको मृत्यु भएको अवस्था थियो । गत बर्षको तुलनामा यो पटक भाईरस संक्रमण दर उच्च रहेको पाईएको छ । कार्तीक मंसिरमा नै नेपालमा कोरोनाको तेस्रो लहर आउने विज्ञहरुको चेतावनी छ ।
यस्तो बेला रोकथामका थप कदम चाल्नुपर्नेमा प्रधानमन्त्री ओलीले भने भिडभाड बढाउने निर्णय मात्र गरेका छैनन्, चुनाव घोषणा गरेका छन् । सरकारले चुनाव घोषणा गरेपछि सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा भिड बढ्दै गएको छ । यसले स्थिति नियन्त्रणमा आउनुको साटो अझै भयावह हुने चिकित्सकहरूको चेतावनी छ । प्रधानमन्त्रिले हरेक जसो भाषणमा चुनाव अगाडी सवै नागरिकलाई कारोना खोप पु¥याउने भन्दै आएका छन् । तर खोप ल्याउन सरकारले गरेको काम हेर्दा प्रधानमन्त्रीले भाषणमा भने जस्तो खोप नागरिकले पाउने संभावना देखिदैन । अहिलेको अवस्थामा खोप आपुर्तीको पाटो कठिन भएकाले समयमै खोप अभियान सम्पन्न गर्ने कुरा कठिन भएको स्वास्थ्य मन्त्रालयको तर्क छ ।
देशभित्रै खोप उत्पादन गर्ने छिमेकी भारतमा महामारी नियन्त्रणबाहिर छ । हामीकहाँ खोपको टुंगो छैन । खोप ल्याउने, समुदायमा परीक्षण बढाउने र भीड नियन्त्रण नगर्ने हो भने दोस्रो लहर नथामिँदै तेस्रो लहरको चपेटामा पर्ने निश्चित छ ।
News Desk 0 response बुधबार, जेष्ठ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





