• प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन, भेन्टिलेटर र शैय्याका साथै अन्य स्वास्थ्य सामाग्रीको अभाव नहुने दावी गरेका छन । २५ सय ६५आँैं बुद्धजयन्तीका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सवै नागरिकलाई खोपको पहुँचमा ल्याइने बताएका छन ।

    महामारीलाई बिभिन्न तवरले नियन्त्रण गर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले कोरोनाको दोश्रो लहर नेपालमा धेरै दिनसम्म नरहने बताएका छन । प्रधानमन्त्री ओलीले सरकारका प्रयासहरुप्रति विश्वस्त रहन आग्रह गर्दै संक्रमितको उपचारका लागि अक्सिजन, भेन्टिलेटर र बेडका साथै अन्य स्वास्थ्य सामाग्रीको अभाव नहुने दावी समेत गरे । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा बोकेर बहुतै तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेका बेला कोभिड–१९ को महामारीले गम्भीर रुपमा व्यवधान पु¥याए पनि निराश हुन नहुने बताए ।

    प्रधानमन्त्री ओलीले मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतना र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने बताए ।

    प्रधानमन्त्री ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रमाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भन्दै सच्याउन ध्यानाकर्षण समेत गराएका छन ।

4565