-
नेपालमा कोरोनाभाइरस महामारीको पछिल्लो अवस्था र रोकथामका उपायबारे चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलका नेताहरुका भर्चुअल छलफल भएको छ । चीनले कोरोना संक्रमणबाट जोगाउन चीनमा व्यापक रुपमा प्रयोग गरेको हाइड्रोजन अक्सिजन जेनेरेटर दलिय हैसियत अनुसार प्रदान गर्ने घोषणा गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालले चीनबाट थप खोपको अपेक्षा गरेको बताए । नेपालको अर्थतन्त्र पुनर्उत्थानका लागि चिनियाँ सहयोग जरुरी रहेको उनको भनाई थियो ।
उपप्रधानमन्त्री एंव एमालेका महासचिव ईश्वर पोखरेलले खोप आपूर्तिमा समन्वय गर्न चीनलाई आग्रह गरे । पोखरेलले एकता, साझेदारी र मित्रतापूर्ण सम्बन्धले मात्र महामारी नियन्त्रण हुने बताउँदै उनले भाइरसलाई पराजित गरेर अर्थतन्त्र उकास्नतर्फ लाग्नुपर्ने बेला आएको बताए ।
नेपाली कांग्रेसका नेता डा नारायण खड्काले सन् १९६० मा भएको बीपी कोइरालाको चीन भ्रमण बेलादेखि नै सीपीसी र कांग्रेसबीच विशिष्ठ सम्बन्ध रहेको बताउदै महामारीको कारण नेपाल कठिन समयबाट गुज्रिएको बताउँदै उनले चिनियाँ सरकारलाई सहयोगका लागि धन्यवाद दिए ।
जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खोप आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरे । महामारी नियन्त्रणमा चीनले खेलेको भूमिका विश्वभरका लागि उदाहरणीय रहेको यादवको भनाई छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चेन झोउले अध्यक्षता गरेको अनलाइन छलफलमा सीपीसीका मन्त्री सोङ ताओले की–नोट स्पिच प्रस्तुत गरे । कार्यक्रमलाई उपप्रधानमन्त्री एवं एमाले महासचिव पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, कांग्रेस नेता डा खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष यादव, मजदूर किसान पार्टीका अध्यक्ष नारायमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा, र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले सम्बोधन गरेका थिए ।
News Desk 0 response बुधबार, जेष्ठ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





