-
नेपालमा थप ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ सय ६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ८ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी २२ हजार ३ सय ६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणका क्रममा ८ हजार ३ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६ सय ३० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसको संत्रमण हुनेको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ । हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ ।
देशभर हाल १ लाख १७ हजार २ सय ६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४ सय २८ जना होम आइसोलेसनमा र ८ हजार ८ सय ३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ६ सय ७२ जना आईसीयू र ४ सय ४७ जना भेन्टिलेसनमा रहेका छन् ।
यस्तै, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा एक हजार ८ सय ६३ जना संक्रमित थपिएका छन् । यस्तै, भक्तपुरमा ३ सय २३ र ललितपुरमा ४ सय २७ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ३ सय ३८, भक्तपुरमा ४ हजार ९ सय ५३ र ललितपुरमा ७ हजार १ सय ५२ जना सक्रिय संक्रमित छन् ।
News Desk 0 response मङ्लबार, जेष्ठ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





