-
सुनसरी । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको शव व्यवस्थापन गर्ने कार्यमा खटिने जनशक्ति कम रहेको तर्फ मध्यनजर गर्दै प्रदेस नम्बर १ मा नेपाली सेनाले थप जनशक्ति तयार पार्न तालिम आयोजना गरेको छ ।
नेपाली सेनाको पुर्वी पृतना मुख्यालय इटहरी र २ नम्बर वाहिनी अड्डा हिलेको सहकार्य तथा नेपाल स्काउट प्रदेस नम्बर १ तदर्थ समितिको आयोजनामा प्रदेस नम्बर १का सुनसरी ,मोरगं र झापामा तालिम सञ्चालन गरि कोरोना संक्रमितहरुको शव व्यवस्थापनमा समस्या नहोस भन्ने मुल उद्धेश्यले नेपाली सेनाको पुर्वी पृतना मुख्यालय इटहरीका पृतनापति उपरथी सन्तोषकुमार ढकाल र २ नम्बर वाहिनी हिलेका वाहिनीपति चोकवहादुर ढकालको अवधारणा निर्देशन र समन्वयमा सेनाले स्काउटसंग मिलेर शव व्यवस्थापनका लागि थप जनशक्ति तयार पार्ने गरी तालिम सञ्चालन गरिरहेको छ ।
दिनप्रतिदिन कोराना संक्रमितहरुको मृत्यु हुने क्रम वढी रहेको समयमा शव व्यवस्थापनका लागि थप जनशक्ती उत्पादन गर्नु पर्ने तर्फ प्रदेस सरकारका आन्तरिक मामिला मन्त्री हिकमत कार्कीले समेत चासो दिदै आएका थिए ।
News Desk 0 response मङ्लबार, जेष्ठ ११, २०७८
तालिममा सहभागीहरुलाई मोरगंको विराटनगरमा नेपाली सेना भैरव गण र सुनसरीमा कृष्णदल गणले सहजिकरण गर्दै आएको छ । तालिममा कोरोना संक्रमितहरुको शव व्यवस्थापनका विषयमा नेपाली सेनाले सैद्धान्तिक तथा प्रयोगात्मक विधीबाट सहजिकरण गरिरहेको छ । स्काउटमा आवद्ध युवाहरुले शव व्यवस्थापन सम्वन्धी तालिम लिई सकेपछि तालिम प्राप्त व्यक्तिहरुलाई शव व्यवस्थापनमा परिचालन गरिने प्रदेश नम्बर १ स्काउट तदर्थ समितिका संयोजक रवि खनालले जानकारी दिए ।
उनले तालिममा शव व्यवस्थापन सम्वन्धी प्राविधिक आधारभुत ज्ञान सहित कोरोनाको रोकथाम, नियन्त्रण तथा होल्डिङ एरिया र आइसोलेसन सेन्टरको व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिइरहेको समेत वताए । तालिममा सुनसरीका १० जना मोरगंमा १५ र झापामा १६ जनाको सहभागिता रहेको छ । नेपाली सेनाले अस्पतालमा, आइसोलेसन सेन्टरमा, होम आइसोलेसनमा रहेका संक्रमित तथा बेवारिसे शवको व्यवस्थापन गर्दै आएको छ सोही अनुसार शव व्यवस्थापनको विषयमा सहभागितााहरुलाई सेनाले सैद्धान्तिक र प्राविधिक ज्ञान दिइ रहेको छ ।
नेपाली सेनाको पुर्वी पृतना मातहतबाट गत वर्ष पहिलो चरणको कोरोना कहरका समयमा १सय ४५ जना संक्रमितहरुको शव व्यवस्थापन गरेको तथा सोमबार सम्म ४२ जनाको शव व्यवस्थापन गरिसकेको वुझिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





