-
रोल्पामा शनिबार ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ।
दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका-३ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो।जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार बाँसको घरीमा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा फेला पारिएको हो।‘अत्याधुनिक मेसिन गनका गोली र म्याग्जिन बरामद गरेका छौँ’, प्रनाउ सुवेदीले भने, ‘दहवनमा रहेको नेपाली सेना र इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले हतियारका गोली र म्याग्जिन बरामद गरेको हो।’
प्रहरीका अनुसार ९ सय ७० थान गोली र २५ वटा म्याग्जिन बरामद गरिएको छ। एके-४७ हतियारको गोली ७ सय ५२ थान, सेभेन–६२ एमएम हतियारको गोली २ सय ८ थान र नाइन एमएम हतियारको गोली १० थान फेला पारिएको हो।त्यससँगै एसएमजी गणको म्याग्जिन २३ थान, एम-१६ मा प्रयोग हुने म्याग्जिन १ थान र एलएमजीको म्याग्जिन थान १ छन्।
गोली र म्याग्जिन बरामद गरिएको आसपासका क्षेत्रमा सेना र प्रहरीको टोलीले थप सर्च गरिरहेको छ। स्थानीयको सूचनाका आधारमा ती सामग्री फेला पारिएका हुन्। त्यस ठाउँमा त्यति ठूलो परिमाणमा गोली र म्याग्जिन कसरी कसले ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको प्रनाउ सुवेदीले बताए। गोली र म्याग्जिन नयाँ र फ्रेस देखिन्छन्। दस वर्षे युद्धताका छोडिएका जस्ता नभएकाले सुरक्षा अधिकारीले गहिरो अनुसन्धानलाई अघि बढाएका छन्।
शान्ति प्रक्रियायता बेलाबेला जिल्लाका विभिन्न ठाउँमा हतियार, गोली र बम फेला पर्दै आएका छन्। विगतमा फेला पारिएका हातहतियार युद्धताका छाडिएका हुने गरे पनि अहिले फेला पारिएका गोली र म्याग्जिन नयाँ देखिएको सुरक्षा अधिकारीले जनाएका छन्।
News Desk 0 response शनिबार, जेष्ठ ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





