-
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिप्रति कांग्रेस सभापति शेर बहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ती जनाउनुभएको छ ।
शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले देउवाले जारी गरेको प्रेस विज्ञप्तिको भाषाप्रति आपत्ती जनाउनुभएको हो । उहाले देउवाको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई तपाईं नभनिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । काग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराइ कहाँसम्म पुगेको छ भनेर अचम्म लागेको उहाले बताउनुभयो । प्रधानमनन्त्री ओलीले जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्ने गरेको तर्क गर्नुभयो ।
त्यस्तै ओलीले राजनीतिक रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ वर्षमा मानिसहरुलाई लगाएको बचन असभ्यता र संस्कारहिनताको पराकाष्टा भएको टिप्पणी पनि गर्नुभयो । ओलीले आफूले मर्यादाहिन र संस्कारहिन समाज बनाउन नखोजेको बरु मर्यादित सुसभ्य, सुसंस्कार र समानतायुक्त मानवीय भावना जोडिएको समाज बनाउन चाहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल पक्षका नेता बिकेर आन्दोलनलाई सिध्याउन उद्यत रहेको टिप्पणी गर्नुभयो । नेपालभरि फिजिएको उज्यालो निभाउने देशीविदेशी जनविरोध प्रतिक्रियावादी शक्ति अहिले पनि निर्लज्जतापूर्वक आन्दोलनविरुद्ध लागिरहेको उहाले बताउनुभयो ।
News Desk 0 response शनिबार, जेष्ठ ८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३