• प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने गरि तयारीमा जुट्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको मिति तोकिए लगत्तै प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित आयुक्तहरुसँग बालुवाटारमा छलफल गरेका हुन् । बैठकमा आयोगका सबै आयुक्त सहभागी थिए ।

    आयोगका प्रमुख आयुक्त थपलियाले निर्वाचन आयोग तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तयार रहेको बताएका थिए । उनले निर्वाचनका लागि सरकारले तोकेको समय पर्याप्त रहेको भन्दै तोकेको मितिभित्रै निर्वाचन गराउन कुनै समस्या नभएको जानकारी गराएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति तोकेकी छन् ।

4565