-
कोरोना संक्रमण निको भएकोमा देखिएको म्यूकोमाइकोसीस अर्थात कालो दादको समस्या नेपालमा पनि देखिएको छ । कोरोना संक्रमण निको भएका तीन जनामा यो समस्या देखिएको भएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
म्यूकोमाइकोसीस एक प्रकारको निकै विरल देखिने कालो दादको समस्या हो । यो सामान्यतया माटो, बोटविरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट सर्ने गर्दछ । तर हाल यो समस्या कोरोना संक्रमण निको भएका व्यतिmहरुमा देखिन थालेको छ । भारतका विभिन्न शहरमा गरी ५८ जनाभन्दा बढी व्यक्तिमा देखिएको यो रोग नेपालमा पनि ३ जनामा देखिएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
म्यूकोमाइकोसीस माटो एवं हावामा र स्वस्थ मानिसको नाक र खकारमा पनि हुन सक्ने विज्ञहरु बताउँछन् । यसले विशेषगरी आँखा, नाक, फोक्सो र साइनसमा असर गर्छ । साथै कहिले काहीँ यसले दिमागमा पनि जटिलता ल्याउने गर्दछ । विशेषगरी मधुमेह, क्यानसर, एचआईभी एड्स वा शरीरको रोगप्रतिरोधी क्षमता कमजोर भएका व्यतिmामा यो रोग देखिएको विज्ञहरु बताउँछन् ।
अहिले कोभिड नाइन्टीनका बिरामीको उपचारका क्रममा स्टेरोइडको अत्यधिक प्रयोगले पनि म्यूकोर्माइकोसिसको समस्या देखिएको विज्ञहरुको बुझाई छ । स्टेरोइड एन्टी–फङ्गल अर्थात दादको औषधि हो । यो औषधीको सेवन गर्नेहरुमा म्यूकोर्माइकोसिसको समस्या देखिएको विज्ञहरु बताउँछन् । चिकित्सकको परामर्श बिना स्टेरोइडको अत्यधिक प्रयोगले पनि कोभिड बिरामीमा म्यूकोर्माइकोसिस भएको हुन सक्नेमा अनुमान गरिएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ६, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३