-
नेकपा एमालेका उमेदवार तथा गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा उपनिर्वाचनमा पराजीत भएका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी स्वतन्त्र उमेदवार डा खिमलाल देवकोटासँग पराजित भएका हुन् ।
मतभार अनुसार थापाले ४ हजार १४ मत पाउदा डा खिमलालले ५ हजार ८८ मत पाएका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुखबाट देवकोटाले १ सय २८ मत पाउँदा बादलले १ सय ३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १ सय २८ मतको मतभार २ हजार ३ सय ४ हुन्छ । थापाले पाएको मतभार १ हजार ८ सय ५४ हुन्छ । त्यस्तै, प्रदेशसभाका सदस्यहरुको थापाले ४५ मत पाउँदा डा देवकोटाले ५८ र तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २ हजार १ सय ६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २ हजार ७ सय ८४ हुन्छ ।
स्वतन्त्र उमेदवारी दिएका डा देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल समुहको सर्मथन थियो भने एमाले उमेदवार थापालाई एमालेको केपी ओली पक्ष र राप्रपाको सर्मथन थियो । माधव नेपाल निकट मानिने डा देवकोटा एमालेको बुद्धिजीवी मान्निछन् । उनी संघीयता र स्थानीय निकाय विज्ञ हुन् ।
थापा यो भन्दा अगाडि माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए । एमाले र माओवादी केन्द्र एकिकरण पूर्वको अवस्थामा फर्केपछि थापा एमाले पार्टी प्रवेश गरेकाले माओवादीले कारवाही गरेको थियो । जसका कारणले राष्ट्रिय सभाको वागमति प्रदेशको सदस्य पद रिक्त भएको थियो ।
विहान नौ बजेबाट हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । आयोगका अनुसार राष्ट्रियसभा सदस्यका लागि चारजना प्रदेशसभा सदस्यहरु मतदानमा सहभागि भएनन् । वागमतीमा रहेका १ सय ९ सांसदमा १ सय ५ जनाले भोट हालेका छन् । १ सय १० सदस्यीय प्रदेशसभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको थियो । प्रदेशसभा सदस्यमा विवेकशील साझा पार्टीका तीनजना र माओवादीका एकजना छन् । विवेकशील साझाले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो । मतदानमा सहभागि नहुने स्थानीय तहतर्फ पाँचजना मतदान प्रक्रियामा सहभागी भएनन् । आयोगका अनुसार १ सय १९ पालिकातर्फ २ सय ३८ मतदाता थिए । जसमा २ सय ३३ जना मतदानमा सहभागी भएका थिए ।
News Desk 0 response बिहिबार, जेष्ठ ६, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३





