-
राष्ट्रियसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
डा. देवकोटाले प्रदेशसभा तर्फ खेसेको एकसय पा“च मतमध्ये ५८ मत प्राप्त गर्दा बादलले ४५ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका छन् । डा. देवकोटाले स्थानीय तहतर्फ कुल दुईसय ३३ मत खसेकोमा १२८ मत प्राप्त गरेका थिए । बादलले एकसय तीन मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका थिए ।डा. देवकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएपनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो ।प्रदेशतर्फ एकमत बराबर ४८ मतभाभर र स्थानीयतर्फ एक मत बराबर १८ मतभार रहेको छ । जसअनुसार देवकोटाले कुल प्रदेशतर्फ २७८४ मतभार र स्थानीयतर्फ २३०४ मतभार गरी कुल ५०८८ मतभार प्राप्त गरेकय छन् । बादलले प्रदेशतर्फ २१६० र स्थानीय तहतर्फ १८५४ गरी कुल ४०१४ मत भार प्राप्त गरेका थिए । तामाङले प्रदेशतर्फ ९६ र स्थानीय तहतर्फ ३६ गरी कुल ८४ मत भार प्राप्त गरेका छन् ।
विहान नौ बजेबाट हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा सुरु भएको मतदान दिउ“सो ३ बजे सकिएको थियो । आयोगका अनुसार राष्ट्रियसभा सदस्यका लागि चारजना प्रदेश सांसदले मतदान गरेनन् । वागमतीमा रहेका १०९ सांसदमा १०५ जनाले भोट हालेका छन् । ११० सदस्यीय प्रदेशसभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको थियो । स्थानीय तहतर्फ पा“चजना मतदान प्रक्रियामा सहभागी भएनन् । आयोगका अनुसार ११९ पालिकातर्फ २३८ मतदाता थिए । जसमा २३३ जना मतदानमा सहभागी भएका थिए ।
News Desk 0 response बिहिबार, जेष्ठ ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





