-
भारतीय कम्पनी सिरम इन्स्टिच्युटले पुसअघि नेपालमा कोरोनाविरुद्धको खोप निर्यात गर्न नसक्ने जनाएको छ । नेपालले सिरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन । नेपालले भुक्तानीसमेत गरिसकेको कोरोनाविरुद्धको खोप सिरमले पुसअघि दिन नसक्ने जनाएको हो ।
रोयटर्सले सिरम इन्स्टिच्युटका अधिकारीहरुलाई उद्धत गर्दै सो खबर दिएको छ । भारतमा कोरोना महामारीको नयाँ लहर शुरु भएपछि भारतीय सरकारले खोप निर्यातमाथि प्रतिबन्ध लगाएको छ । सिरमले कोभ्याक्स र अन्य देशहरुलाई २०२१ को अन्त्यतिरबाट मात्रै खोप निर्यात शुरु हुने अपेक्षा लिएको जनाएको छ । कोरोना संक्रमणितको संख्या बढेपछि भारतले एक महिनाअघि नै खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसअघि भारतले ६ करोड ६० लाख डोज खोप विभिन्न देशलाई बिक्री तथा अनुदानमा दिएको थियो ।
नेपालले हालसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख डोज, सिरमबाट खरिद गरेको १० लाख डोज, चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज र कोभ्याक्सबाट ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । हालसम्म २८ लाख ४० हजार डोज खोप लगाइएको छ । जसमा ७ लाख २८ हजारले दुबै डोज लगाएका छन् ।
News Desk 0 response बुधबार, जेष्ठ ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३