• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय रहेको जनाएको छ । यी भेरियन्टले सवै उमेर समूहलाई असर गर्ने भएकाले थप सावधानी र सचेत बन्न मन्त्रालयले आग्रह गरेको छ ।

    गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर परीक्षण गर्न पठाइएकोमा नयाँ भेरियन्ट पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षण गर्न पठाएकामध्ये ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी वान प्वाइन्ट सिक्स, वान सेभेन प्वाइन्ट टू र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी वान प्वाइन सिक्स, वान सेभेन प्वाइन टू पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

4565