•  
    जिल्ला अस्पताल जलेश्वरमा एक वर्षअघि जडान गरिएको भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा अस्पताल रेफर सेन्टरमा सीमित बनेको छ। आईसियू, भेन्टिलेटर सेवा सञ्चालनका लागि जनशक्ति नहुँदा सिकिस्त कोरोना संक्रमितहरूको उपचारमा समस्या भएको हो । दक्ष जनशक्ति (विशेषज्ञ चिकित्सक) पदपूर्ति नहुँदा आईसियू र भेन्टिलेटर सेवा सञ्चालन गर्न सकिएको छैन । भरपर्दो सेवा नपाउँदा अहिलेसम्म जलेश्वरमा मात्र यस हप्ता पाँचजना संक्रमितले ज्यान गुमाउनु परेको छ।
    जलेश्वर अस्पतालमा एक वर्षदेखि पाँचवटा भेन्टिलेटर थन्किएका छन ।
    
     भेन्टिलेटर सपोर्ट चाहिने बिरामीलाई अस्पतालले अन्य अस्पतालमा रेफर गरिरहेको छ। रेफर गरिएकामध्ये अधिकांश संक्रमितले ज्यान गुमाइरहेका छन । उपकरण भएर पनि जनशक्ति नहुँदा सेवा सञ्चालन गर्न सकिएको छैन। मानवीय क्षती रोक्न जडान गरिएको भेन्टिलेटर जनशक्ति नहुँदा मानवीय क्षति रोक्न सकेको छैन।  संक्रमणले जटिल समस्या भएका यस क्षेत्रका बिरामीलाईजनकपुर धरान  विराटनगर रेफर गर्ने गरिएको छ ।
    
    आधुनिक उपकरण भएर पनि सञ्चालन गर्ने जनशक्ति व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीयको आक्रोश थेग्नै गाह्रो भएको अस्पताल विकास समितले जनाएको छ ।  अस्पताललाई सरकारले सेकेन्ड्री ए लेबेल (५० बेड) अस्पताल स्वीकृत गरेपछि सो अनुसारको जनशतिm पदपूर्ति नभएको हो ।प्राथमिक अस्पतालमा भएको २८ जनाको दरबन्दी भएको सो अस्पतालमा ‘८ जना कार्यालय सहयोगीसहित २२ जना मात्र छन । एउटा पनि विशेषज्ञ चिकित्सक नहुँदा कोरोना संक्रमितको उपचार चुनैतीपूर्ण बनेको छ । प्रदेश सरकारलाई जनशति व्यवस्थापनका लागि पटकपटक आग्रह गरेको भएपनि सुनुवाइ नभएको  तथा अस्पतालको बेथिति सुधार नभए जेठ ५ गत्तेबाट आमरन अनसन बस्ने चेतावनी सहित अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेलेप्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ ।
    
    कोरोनाको दोस्रो लहरमा यहाँ संक्रमणबाट १५ जनाले मृत्युवरण गरिसकेका छन भने १ हजार १८ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
4565