-
केपी ओलीले प्रधानमन्त्रीका रुपमा तेस्रो पटक सपथ लिएका छन् । तेस्रो पटक ओलीले दुई तिहाईको प्रधानमन्त्रीका रुपमा संसदको विश्वास गुमाएर अल्पमतको प्रधानमन्त्रीका रुपमा सपथ लिए । संसदको ठूलो दलका रुपमा प्रधानमन्त्री बनेका ओलीले एक महिना भित्र बैशाख २७ गते विश्वासको मत नदिएको संसदबाट विश्वासको मत लिनुपर्नेछ ।
२०७४ सालमा भएको आम निर्वाचनमा ओलीले माओवादीसंग गठबन्धन गरेर झण्डै दुईतिहाईको प्रधानमन्त्रीका रुपमा २०७४ साल फागुन ३ गते सपथ लिएका थिए । प्रधानमन्त्री भएका ओलीले चार वर्ष दुई महिनापछि फेरि त्यही संसद कायम रहेको अवस्थामा अल्पमतको प्रधानमन्त्रीका रुपमा शुक्रवार सपथ लिएका छन् । पहिलो पटक माओवादीको सहयोगमा प्रधानमन्त्री बनेका ओली दोश्रो पटक झण्डै दुईतिहाईको प्रधानमन्त्री बनेका थिए, माओवादीसंग पार्टी एकिकरण गरेर ।
दुईतिहाईको प्रधानमन्त्रीबाट अल्पमतको प्रधानमन्त्री बन्नुले ओलीमा कुशल शासकिय क्षामता नभएको प्रमाणीत भइसकेको छ । ओली संवैधानिक रुपमा प्रधानमन्त्री बने, संविधानले उनलाई अल्पमतको प्रधानमन्त्री बन्न रोक्दैन् । तर दुईतिहाई गुमाएर अल्पमतको प्रधानमन्त्री बन्नु नैतिकता होइन, त्यो पनि त्यही संसद कायम रहेको अवस्थामा । यसले उनको राजनीति राजनीतिक चरित्र र नैतिकतामाथि प्रश्न उठेको छ । अझ कोरोनाको दोश्रो लहर भयावह भएको अवस्थामा आम नागरिक घरमा थुनिएर बसेका बेलामा प्रधानमन्त्री बन्नका लागि राजनीतिकमा देखिएका दृश्यले नेताहरु हैन नागरिकहरु लज्जित बनेका छन् ।दुई शक्तिशाली कम्युनिस्ट पार्टी एमाले–माओवादी केन्द्रको गठबन्धनसँगै सधैँभरिको अस्थिर र विग्रहपूर्ण राजनीति अन्त्य भएको नागरिकले महसुश गरेका थिए । नगरिकले राजनीति स्थीरताका लागि दुई वटा कम्युनिष्ट पार्टीको गठबन्धनलाई मत दिएका हुन् । यसरी हेर्दा ओलीले नागरिकले दिएको मतको दुरुपयोग पनि गरेका छन, दुईतिहाईको प्रधानमन्त्रीबाट विश्वास गुमाएर अल्पमतको प्रधानमन्त्री बन्दा ।
मुलुकमा एकातिर कोरानाको कहर थियो, अर्कातिर कम्युनिष्ट पार्टीको कलह कोरोना कालभरि देखियो । यो अवस्थाको मुख्य दोषि पनि ओली नै हुन् भन्ने धेरैको तर्क छ । दोषी अरु नेताहरुमा पनि होलान् । जनताले विश्वास गरेको एकिकृत कम्युनिष्ट पार्टीको अध्यक्ष र मुलुकको प्रधानमन्त्री भएका नाताले सवैभन्दा बढि दोषि ओली नै हुन् ।कम्युनिष्ट पार्टीमा देखिएको विग्रहका कारण नै संसदमा ओलीले दुईतिहाई गुमाएका हुन् । अझ आफ्नै पार्टी एमालेका माधव नेपाल पक्षलाई पनि विश्वासमा लिन नसक्दा संसदको साधारण विश्वास गुमाएर अल्पमतको प्रधानमन्त्री बन्ने अवस्थामा आए । यी सवैको पहिलो जड भनेको ओलीको अहंमता हो भन्ने नागरिकको बुझाई छ । त्यही अहमताका कारण ओलीले आफुलाई कहिल्यै असहयोग नगरेको संसदलाई विघटन गरिदिए । त्यहीबाट ओलीका विरुद्धमा आम मत एकै ठाँउमा आयो ।
News Desk 0 response शुक्रबार, बैशाख ३१, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





