• मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा ९हेटौंडा अस्पताल०मा कोरोना संक्रमित विरामीलाई अक्सिजन र बेड अभाव भएको छ । लगतार रुपमा कोरोना संक्रमित भर्ना हुँदा अस्पतालले धान्न नसक्ने भन्दै हात उठाएको छ । अहिले हेटौंडा अस्तालमा अहिले ६० भन्दा धेरै कोरोना संक्रमितको उपचार भईरहेको छ ।

    हेटौंडा अस्पतालमा आईसियुमा १७ बेड, एचडियु २० बेड, १६ स्टेपडाउनबेड र ५ भेन्टिलेटर सबै भरिएका छन् । कोरोना संक्रमितले भरिएका बेडहरुमा सबैलाई अक्सिजन लगाउन परेको अस्पतालले जनाएको छ ।

    यस्तै इमर्जेन्सी सेवा रोक्दै अस्पतालले कोबिड बिरामि मात्र भर्ना लिएपछि ईमरजेन्सीमा आएका कोरोना संक्रमित बाहेक सबै विरामी बेड अभावमा फर्किनुपरेको छ । अस्पताल अन्तगर्त रहेको ७ वटा ईमरजेन्सीमा बेडमा कोरोना संक्रमित छन् । बेड नपाएका कोरोना संक्रमित विरामीहरु कोहि कुर्सीमा बसिरहेका छन् भने कोहि एम्बुलेन्समा अक्सिजन लिएर बेड कुरीरहेको अवस्था छ । ईमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार एचडियु र आईसियुको विरामी रेफर वा मृत्यु भएमा मात्रै ईमरजेन्सीको बेड खाली हुने स्थिती रहेको अस्पतालले जनाएको छ । हेटौंडाका अन्य कोभिड अस्पतालहरुमा समेत बेडको अभाव भईरहेको छ ।

    सरकारले सकेन अब कहाँबाट ल्याउने ?
    अस्पतालले विरामी आफैंले अक्सिजनको व्यवस्था गर्नुपर्ने भन्दै विज्ञप्ती जारी गरेपछि विरामीका आफन्तहरु अस्पताल माथि खनिएका छन् । विरामीका आफन्तहरु अक्सिजन र बेड नपाएर सरकार सँग आक्रोश व्यक्त गरिरहेका छन् । अहिले हेटौंडा अस्पतालमा ६० भन्दा धेरै विरामीहरुलाई हाइफ्लो अक्सिजन दिएर राखिरहेको छ । मदनभण्डारी प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँका अनुसार अब हाईफ्लो अक्सिजन दिनेको संख्या कम गर्ने तयारी गरिएको छ । आफ्नो दाईको कोभिड उपचार गर्न आएकी एक युवतीले आक्रोश व्यक्त गर्दै भनिन् ‘ सरकारले दिन नसकेको अक्सिजन हामीले कहाँबाट ल्याउने रु पहुँच हुने ठुलाबडाले पो ल्याउँछन अक्सिजन हामीले कसरी ल्याउने रु’ अस्पतालमा आएको अधिकांश विरामीका आफन्तहरुले सरकार प्रति चर्को आक्रोश व्यक्त गरिरहेका थिए ।

    अब बिरामी भर्ना लिन सक्दैनौंस् फोकल पसर्न
    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा।सागर काफ्लेले अब हेटौंडा अस्पतालमा विरामी भर्ना लिन नसक्ने बताए । काफ्ले विहिबार बेलुकादेखी नै कतैबाट पनि अक्सिजनको व्यवस्थापन गर्न नसकिएको भन्दै अस्पताल भर्ना भएका बिरामीलाई अक्सिजन दिन सक्ने अवस्था नरहेको बताए । उनले हेटौंडामा अक्सिजन प्लान्ट नभएको कारण अन्य जिल्लाकै भर परिरहेको बताए । उनले बिरामीलाई अक्सिजन बिना अस्पतालमा राख्न पनि नसकिने र छोड्न पनि नसक्ने अवस्था भएकोले बागमती प्रदेशकै सिन्धुली जिल्लाको अस्पताल जान बिरामीलाई आग्रह गरिएको बताए । काफ्लेका अनुसार सिन्धुली अस्पतालमा १० जनासम्म बिरामी पठाउँन मिल्ने अन्यको के गर्ने भन्ने अहिले सम्म निचोड नआएको बताए ।

    दुई निजी अस्पतालले उठाए हात
    अक्सिजनको अभावमा हेटौंडास्थित दुईवटा निजी अस्पतालले कोभिड–१९ संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेको छ । केही दिन अघि मात्रै कोभिड अस्पतालको रुपमा सेवा सुरु गरेका दुबै अस्पतालले पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा शुक्रबारदेखि कोभिड संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेको हो ।

    शुक्रबार दिउँसो संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावमा उपचार प्रभावित हुने जनाएको छ । हेटौंडा–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पतालमा ६ जना उपचाररत छन् भने हेटौंडा–११, थानाभ¥याङस्थित चुरेहिल हस्पिटलमा ४ जना कोभिड–१९ संक्रमित विरामी उपचाररत छन् । दैनिक दुबै अस्पताललाई करिब ३० सिलिण्डर अक्सिजन आवश्यक हुने बताइएको छ ।

    चुरेहिल हस्पिटलले बिहीबार ५ सिलिण्डर मात्रै अक्सिजन प्राप्त गरेको अस्पतालका प्रशासन प्रमुख विवेक मानन्धरले जानकारी दिएका छन् । यस्तै मकवानपुर सहकारी अस्पताललाई भने शुक्रबार ५ सिलिण्डर अक्सिजन उपलब्ध गराउन सक्ने जानकारी प्राप्त भएको सहकारी अस्पतालका प्रशासन प्रमुख रामचन्द्र रेग्मीले जानकारी दिए । पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा सेवा प्रभावित हुने निश्चित भएको दुबै अस्पतालका अधिकारीको भनाइ छ ।

4565