• दोस्रो लहरको कारोना महामारीका कारण जनताले अक्सिजन र भेन्टीलेटर नपाएर अकालमा ज्यान गुमाईरहेका छन । तर यतीबेला जिम्मेवार बन्नुपर्ने सरकार र राजनीति दलका नेताहरुको ध्यान भने अकालमा ज्यान गुमाउन गइरहेका जनताको चित्कारले खिच्न सकेको छैन् ।

    पछिल्लो ३ सातादेखि मुलुक दोस्रो चरणको कोरोना संक्रमणका कारण आक्रान्त छ । आईसियु, भेन्टीलेट र अक्सिजन मात्र होइन अस्पताल नपाएर दैनिक ३ सयको हाराहारीमा कोरोना संक्रमितहरुले ज्यान गुमाई रहेका छन । बिरामीलाई आवश्यक अक्सिजन नपाएर अस्पतालहरु संक्रमितको उपाचार गर्न सक्दैनौ भनेर हात उठाइरहेका छन् । तर सरकार अक्सिजन उपलब्ध गराउनका सट्टा तोकेबमोजिम मात्रै सास फेर भनिरहेको छ । सरकार अक्सिजन सिलिण्डरका कोटा छुट्याएर कोटा अनुसार सास फेर्न जनतालाई आदेश दिइरहेको छ । राज्य संचालनका लागि जनताले कर तिरेका छन् । त्यही करबाट राज्य संचालकहरु सेवा सुविधाको भोग गरिरहेका छन् । अझ राजनीति नेताहरु जनताका लागि आफुहरुले राजनीति गरेको भन्न पछि पर्दैनन् । माहामारीमा जनता पिल्सीएका बेला आफ्नो सत्ता स्वार्थका लागि झण्डै तिनसाता अघिसम्म सभा सम्मेलनमा सयौं गाडि रिजर्भ गरेर जनताको भिड देखाउदै थिए । यीनै सभा सम्मेलनले कोरोना फैलाउने माध्याम बनेको नर्कान सकिदैन् । सत्ता संचालक र राजनीतिक दलका नेताहरुले हजारौ जनताले ज्यान गुमाईसक्दा र लाखौ जनता आईसियुमा पुग्दा समेत एक सिलिन्डर अक्सिजन जम्मा गर्ने तर्फ सोचेको देखिदैन् ।

    यो बेलामा जनतालाई राहत दिनुभन्दा पनि राजनीति दलका नेताहरु सत्ता जोगाउने र फाल्ने खेलमा जनताले मुख छोप्न पर्ने दृश्यहरु देखाइरहेका छन् । सयौं जनता अस्पतालको शैय्यामा छटपटाइरहेका बेलामा राजनीतिकर्मी भने जनताको नाम लिदै प्रधानमन्त्री र मन्त्री पदको सपथ खाइरहेका छन् । जनताले मुख छोप्नुपर्ने दृश्य देखाउदै केपी ओलीको आईसियुमा पुगेको प्रधामन्त्री पद जोगियो तर आईसियुमा पुगेका जनताको ज्यान जोगाउने कुनै ठोस पहल सरकारबाट भएको देखिदैन् । सत्ता प्राप्तिको दौडमा लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापती शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले वरिष्ठ नेता माधव नेपाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगाएतका नेताहरु अब थकाई मार्न थालेका छन् ।

    कोरोना महामारी चरमउत्कर्षमा पुगेका बेलामा तेस्रो पटक ४३ औ प्रधानमन्त्री रुपमा सत्ता सम्हाल्दै ओली पुन ःसिंहदरबार प्रवेस गरेका छन् । तर जनताको जिवन रक्षाका लागि ठोस कार्यक्रम ल्याउछन कि भन्ने आशा चाँही जनताले गर्न सकेका छैनन् । मुलुकमा कोरोना कहरको सुरुवाती दिन देखिनै कुर्सी मोहका रुमलिएको नेपाली राजनीतिले अझै पार पाएको छैन् । नेताहरु राजनीतिलाई पार लगाएर जनताको जीवन रक्षाका लाग्छन भन्ने विश्वास पनि आम नागरिकमा देखिदैन् । हजारौ जनताले ज्यान गुमाउदा समेत अन्त्य भएन । कोरोनाको कहर संगै रुमलिएको राजनीति सङ्लो नहुँदा माहामारीबाट पार पाउने बाटो आगामी दिन निकै चुनौतिपुर्ण रहेका छ ।

4565