-
नेपालमा थप नौ हजार ३०५ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४२४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको बताउनुभयो ।
यो संगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या चार लाख २२ हजार ३४९ पुगेको छ । त्यस्तै थप १६८ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ४ हजार २२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै देशभर थप चार हजार ४४४ जना व्यक्ति निको भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।हाल एक लाख एक हजार ६३४ संक्रिय संक्रमित आइशोलेशन र ५१७ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल एक हजार २४१ सङ्क्रमित हाल सघन उपचार कक्ष(आईसीयू)मा रहेका छन् । जसमध्ये २८५ जनालाई भेन्टिलेटरमा राखिएको उहाले बताउनुभयो ।
News Desk 0 response बुधबार, बैशाख २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३