• कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दे नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो । कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघले अपिल समेत गरेको छ ।

    दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ । सरकारले बेलैमा आवश्यक तयारी नगर्दा भयावह परिस्थिति सिर्जना भएको संघको ठहर छ । राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न राष्ट्रपतिलाई बिद्यादेवी भण्डारीलाई समेत संघको अपिल गरेको छ ।

4565