नेपालमा राजनीतिक संकट गहिरिएको बेला निकटतम छिमेकी राष्ट्रहरुले चासो राख्नु स्वाभाविक नै हो । तर, भारतीय सत्तारुढ दल कै जिम्मेवार नेताले ओली भारतको र दाहाल चीनको नजिक रहेको अभिव्यक्ति दिन थालेपछि यसले देशको सार्वभौमसत्तामाथि नै प्रश्न उठन थालेको छ । यस्तोमा भारतीय सञ्चार माध्यमले समेत छिमेकीको घरझगडामा नेखल्न आफनो सरकारसँग आग्रह गरेका छन । कोरोना महामारीका कारण देश गम्भिर मानवीय संकटमा फँसेको छ । दैनिक ९ हजारभन्दा बढी संक्रमित थपिने गरेका छन । महामारीबाट मर्नेको सख्या लगातार बढदै तीन अंकमा पुगिसकेको छ ।
अस्पतालमा शैय्याको अभाव छ, अक्सिजनको अभाव छ, चिकित्सकको अभाव छ, औषधीको अभाव छ, जनता त्राही त्राहीको अवस्थामा छन । अझ प्रधानमन्त्री केपी ओलीको कुर्सी बचाउने खेलका कारण स्थिती दिनादिनु जोखिमपुर्ण बन्दै गएको छ । गैह् जिम्मेवार सरकार र संवेदना बिनाको विपक्षी दलका कारण जनता अनाहकमा ज्यान गुमाउदै आएका छन ।
देश गम्भिर मानवीय संकटमा फँसको बेला छिमेकी देशका सत्तारुढ पार्टीका नेता सुब्रहमन्यम स्वामीको अभिव्यक्तिले आम नेपालीको आत्म सम्मानमा चोट पुगेको छ । देशको सार्वभोमसत्तामाथि प्रश्न उठेको छ । राष्ट्रवादका नारा दिनेहरु कसरी विदेशी शक्तिको गोटी बनेका छन भन्ने प्रष्ट पारेको छ । स्वामीले ओली भारतको र दाहाल चीनको रोजाईको व्यक्ति भएको भन्दै ट््वीट गरेका थिए । स्वामीको ट्वीटलाई लिएर नेपाली नागरिक आफनो नेर्ततवलाई घृणाको दृष्टीले हेर्न थालेका छन ।
खास गरी भारतको नजिक मानिने जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओली विश्वासको मतका बेला निभाएको भुमिकालाई लिएर पनि चचैतर्फी आलोचना भइरहेको छ ।तराई मधेशका सबैभन्दा ठुला शत्रु ओली हुन भन्दै मत मागेकाहरु अहिले ओलीलाई समर्थन गरेकामा पनि आशंका गरिएको छ ।
नेपालका राजनीतिक दलहरु सरकार बनाउने र बचाउने खेलामा लागिरहेको बेला भारतीय सञ्चार माध्यमहरुले आफनो देशको सरकारलाई छिमेकीको मामिलामा हस्ताक्षेप नगर्न आग्रह गरेका छन । देनिक अखबार हिन्दुस्तान टाइम्सले सम्पादकिय नै प्रकासित गरी भारत सरकारलाई पछाडी हटन आग्रह गरेको छ । हिन्दुस्तान टाइम्सले लेखेको छ – दिल्लीले पछाडी हटनु पर्छ । नेपालमा चलिरहेको राजनीतिक प्रकियालाई व्यवस्थित रुपले अगाडी बढन दिनु पर्छ ।
लोकतांत्रिक विकल्पका लागि खुला रहनु पर्छ र जे सुकै होस वा जो सुकैको सरकार बनोस उसलाई समर्थन गर्न हिन्दुस्तान टाइम्सले भारत सरकारलाई भनेको छ । उसले नयाँ सरकारलाई समर्थन गर्नु पछ र आफनो निकटतम छिमेकीलाई हरसम्भव सहयोग गर्न आग्रह गरेको छ । उसले महामारीको संकट ब्योहोरिरहेको बेला आफनो घरेलु आवस्यकता सँग सम्झौता नगरी जे जति सम्भव छ सहयोग गर्न आफनो सरकारसँग आग्रह गरेको छ । भारतका अन्य चर्चित अखबारले पनि नेपालको आन्तरिक मामिलामा अनावस्यक हस्तक्षेप नगर्न आफनो सरकारलाई आग्रह गरेका छन ।