-
नेपालमा कोरोना संक्रमणबाट थप ८८ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा ५२ जना र यसअघि छुटेका ३६ जना गरी ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।
१८ हजार ७८७ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ७ सय ७७ र ५०६ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनाका कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मनलयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २२ जना कोरोना मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ३ लाख २ हजार ७ सय ८७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८८ हजार १ सय ६० रहेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा यस्तै ४ हजार १९८ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २६ लाख ३४ हजार ५ सय ४ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
News Desk 0 response आइतवार, बैशाख २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३