• गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् ।

    आईतबार नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । मुख्यमन्त्री गुरुङले राजीनामा दिए लगतै प्रदेश प्रमुख सिता पौडेलले उनको राजीनामा स्वीकृत गरेकी छन् । तीन दिन भित्र संयुक्त सरकार गठन गर्नका लागि प्रदेश प्रमुख पौडेलले राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् ।

4565