• बाँके जिल्ला यतिबेला कोरोनाबाट थलिएको छ । अस्पतालमा कोरोनाबाट मृत शरीर सेतो कपडामा लपटेर सेनाले लाशको व्यवस्थापनमा खटिन लागेका दिनहुुँजसो देखिने दृश्यले मानव मनहरु छियाछिया पारेको छ ।

    कोरोना संक्रमित र आफन्ती मानिसहरूको अस्पतालभित्र चिच्चाहट सुनिनसक्नु छ । स्वास्थ्यकर्मी हरसम्भव बिरामी बचाउन दौडिरहेका प्रयास गरिएकोमा कतिपय अवस्थामा ती प्रयास निर्थक सावित भैदिएका छन् । तर पनि उनीहरू आफ्नो पेशागत दायित्वबाट बन्चित देखिदैनन ।

    कोरोना संक्रमितले अस्पतालहरु भरीभराउ हुँदा लिने ठाउँ छैन । ९० प्रतिशत संक्रमण पुस्टी भएका मानिस होम आइसोलेसनमा छन् । सर्वसाधारण, शिक्षक, कर्मचारी, खेलाडी, नेता, मन्त्री सबै खालका सामाजिक उतरदायित्व बोकेका मानिसहरू कोरोनाले अस्ताउँदा बाँकेले ठूलो क्षति व्यहोर्नु परेको छ । कोरोनाको जालो तोड्न बाँकेमा निषेधाज्ञा जारी गरेको पनि लामै समय भयो ।

    दैनिक ५ सय जनाको हाराहारीमा नयाँ संक्रमित थपिँदै गर्दा र दैनिक मानिसहरूको कोरोनाले ज्यान लिँदा स्थिति नियन्त्रणमा छैन । हुन त सरोकारवाला निकायले आआफ्नो जिम्मेवारी र दायित्व अनुसार लागिपरेको देखिन्छ तथापि स्थिति भयावह बन्दा सफलता हात लागेको छैन ।

    यो सामाग्री तयार पारिरहँदा बाँकेमा १७७ जनाले कोरोनाकै कारण ज्यान गुमाएको र बाहिरी जिल्लाबाट बाँकेका विभिन्न अस्पताल आउने १३१ जनाको मृत्यु भएको तथ्यांक जिल्ला कोभिड व्यवस्थापन केन्द्रले सार्बजनिक गरेको छ । केन्द्रको तथ्यांक अनुसार बाँकेमा ४ हजार २ सय बढी सक्रिय संक्रमित छन् ।हृदयविदारक तश्वीरहरु हाल्नुपर्दा हामी स्तब्द भएका छौ ।

4565