-
प्रधानमन्त्री केपी ओलीका लागि आफनो अभिव्यक्तिका कारण विवादमा पर्नु कुनै नौलो विषय होइन । पटक पटक विवादित बनेका ओली यस पटक भने अमेरिकी सञ्चार माध्यम सिएनएनमा दिएको अन्तर्वातका कारण विवादमा परेका छन ।
प्रधानमन्त्री केपी ओली ले अमेरिकी संचार माध्यम सिएनएनसँग गरेको कुराकानीको छोटो अंश अहिले सामाजीक सञ्जालमा भाईरल बनेको छ । देश कोरोना महामारीका कारण अस्तव्यस्त बनेका बेला उनले भन्दै छन, स्थिती नियन्त्रणमा छ । तर अन्तराष्ट्रि सञ्चारमाध्यम सिएनएनले उनको भनाइलाई छताछुल्ल बनाई दिएको छ ।
अमेरिकी संचारमाध्यम सिएनएनको अनलाइन संस्करणले दुई दिन अघि मात्र नेपालमा कोरोनाको अवस्था भयावह बन्दै गएको खबर प्रकासित गरेको थियो । उसले भारतमा दुई साता अघि जे अवस्था थियो अहिले त्यही अवस्था नेपालको रहेको भन्दै सतर्क समेत गराएको थियो । सिएनएनले पछिल्लो समय कोरोना संक्रमण हुने दर १२ सय प्रतिशतले बढेको खबर पनि प्रकासित गरेको थियो ।
गत वर्ष कोरोना संक्रमण देखिए यता देशमा राजनीतिक अन्योल खडा गरी प्रधानमन्त्री ओलीले गर्दै आएका क्रियालकलापको चौतर्फी विरोध हुन्दै आएको छ । कहिले संसद विघटन गरेर विपक्षी र आफनै पार्टीका कार्यकर्ताको भीड जम्मा पारेको, चाहिने नचाहिने ठाँउमा विभिन्न पुर्वाधारको उद्घाटनको नाममा भीड जम्मा पारेको, कहिले धार्मिक यात्रा त कहिले धरहरा उदघाटनको नाममा भिड जम्मा गरी कोरोना विरुद्धको लडाईलाई कमजोर पारेको भन्दै प्रधानमनत्रीको विरोध हँदै आएको छ । जनताको लापरवाहीका कारण कोरोना फैलिएको प्रधानमन्त्रीको भनाईको समेत सबैले विरोध गरेका छन ।
अझ प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले कहिले बेसार पानी, कहिले हाँछुयु गरेर कोरोना भाइरस भगाउने र पछिलो समय अम्बाको पातको उपचार विधि बारे सार्वजनिक रुपमा बताउदा सर्वसाधारण थप अन्योलमा परेका छन । चिकित्सकहरुले पनि वैज्ञानिक रुपमा पुष्टि नभएको विषयका बारे प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले बोल्न नहुने सुझाव दिदै आएका छन ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर उच्च छ । देशभरका अस्पतालमा शैय्याको अभाव छ, आइसियु ,भेन्टिलेटर र अक्सिजनको अभाव देखिएको छ । औषधिको कालोबजारी भइरहेको छ भने कमिसनको खेलका कारण नागरिकले खोप पाउन सकेको छैन । यस्तो अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले उनका पार्टीका कार्यकर्ता बाहेकका अन्य नेपाली नागरिकको भावनासँग खेलवाड गरेको भन्दै चौतर्फी आक्रोस व्यक्त हुन थालेको छ ।
News Desk 0 response शनिबार, बैशाख २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





