• नेपालमा एकै दिन ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३ र र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५० जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ सय ७९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ रहेको छ ।

    काठमाडौँ उपत्यकाका पछिल्लो २४ घण्टामा ४ हजार १ सय ६ संक्रमित थपिएका छन् । काठमाडौंमा ३ हजार १ सय ८९, भक्तपुरमा ३ सय ७४ र ललितपुरमा ६ सय ४३ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३४ हजार ६ सय १९ पुगेको छ । जसमध्ये १९४ जनाको आईसीयूमा र ८८ जनाको भेन्टिलेटरमा उपचारर भइरहेको छ ।।

4565