• नेपालमा एकै दिन नौ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या एकैदिन संक्रमित हुने हालसम्मकै उच्च हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ३ सय ६७ वटा परीक्षण गर्दा ८ हजार ९ सय ७० र एन्टिजेन विधिबाट ७ सय ७५ जनाको परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा २७ सय ७ जना कोरोना संक्रमित निको भएका छन् भने नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ ।

    पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण ५४ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोनाका कारण मृतकको कूल संख्या ३ हजार ५ सय २९ पुगेको छ । देशभर सक्रिय कोरोना सक्रमितको संख्या ७२ हजार नाघेको छ । बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित निको हुने दर घटेर ७९ दशमलव ४ प्रतिशतमा आइपुगेको छ ।

    काठमाडौँ उपत्यकाका मात्र पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ७२ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १ सय ६३, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा २ सय ४२ जना रहेका छन् । योसँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३२ हजार ४ सय ५२ पुगेको छ । जसमध्ये आईसीयूमा १८७ जना र भेन्टिलेटरमा ८३ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

4565