• प्रधानमन्त्री केपी ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेको बताए । ओलीले लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएकाले सहयोग गर्न आग्रह गरेका थिए । तर कांग्रेस नेताहरुले प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य र मान्यताका कुरा गरे पनि व्यवहारमा नदेखिएको जवाफ दिएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

    कांग्रेस र एमालेका शीर्ष नेताहरुको छलफलमा एमालेका तर्फबाट अध्यक्ष ओली सहित एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । यस्तै काँग्रेसका तर्फबाट सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।

4565