-
इटहरी । सुनसरी मोरगंको सिमाना बुढी खोला नजिकको सुनसरी तर्फको हो ।
कोभिड १९को नयाँ भेरियन्टबाट संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तर्फ मध्यनजर गर्दै सुनसरी प्रशासनले लगाएको बन्दाबन्दी अर्थात लकडाउन पालना गराउन सुरक्षाकर्मीले रोकेको सवारी साधन तथा पैदल यात्रीहरुको भिड हो ।सुनसरी प्रशासनले मंगलवार बेलुका मध्यराती १२ बजे देखि कोरोना संक्रमण नफैलियोस भनेर संक्रामक रोथ नियन्त्रण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८को प्रयोग गरी जिल्लामा आगामी ३१ गते सम्मलाई बन्दाबन्दीको आदेश जारी गरेको छ ।तर छिमेकी जिल्ला मोरगं तर्फ मानिसहरुको आवागमन नियन्त्रण गर्ने कुनै पनि काम नभएका कारण सुनसरीमा त्यसको प्रभाव परिरहेको देखिन्छ ।
News Desk 0 response बुधबार, बैशाख २२, २०७८
छिमेकी जिल्लामा मानिसहरुको आवतजावत नियन्त्रण गर्ने कार्य नभएका कारण सुनसरी तर्फ बन्दाबन्दीलाई समयमा मानिसहरुको आवतजावत नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीहरुलाई समस्या भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केसीले जानकारी दिए ।
उनले लामो दुरीका सवारी साधनहरुलाई आफनो इलाका क्षेत्रमा रोक नदिने गरी सञ्चालन गर्न दिएपनि स्थानीय रुपमा अत्यावश्यक काम बाहेक हिड्नेहरुलाई कारवाही गर्न थालिएको वताए ।
सुरक्षाकर्मीहरुले सुनसरी प्रवेशमा रोक लगाई रहेकाले बुढी खोला नजिक जम्मा भएका केही मानिसहरुले आफुहरु आएको स्थानबाट सार्वजनि सवारीहरु चलिरहेको कारण आफुहरु अन्जानमा आएको वताएका छन ।
त्यसै गरी बन्दाबन्दी पालना नगरी सञ्चालन गरीएका सिटी सफारी , मोटरसाईकल , लगायतका सवारी साधन तथा पैदल यात्रीहरुका साथै तोकीएको मापदण्ढ पुरा नगरी खोलिएका पसलहरुलाई समेत सुरक्षाकर्मीहरुले कारवाही गर्न थालेका छन ।
सुनसरीमा मंगलवार मात्र एक सय २७ जना नयाँ सक्रमित थपिएको तथ्याँक रहेको छ ।
((
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





