-
नेपालमा मंगलवार थप सात हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १६ हजार १ सय ३१ वटा नमुना पिसिआर विधिबाट परिक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा एकै दिन कोरोना संक्रमित थपिएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या तीन लाख ५१ हजार ५ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्यकामा मात्र थप ३ हजार ८ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा २७ सय ७९, ललितपुरमा ५ सय १३ र भक्तपुरमा ६ सय १ जनामा संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ५५ जनाको मृत्यु भएको छ । यो पनि नेपालमा संक्रमण सुरु भएयता एकै दिन संक्रमणका कारण मृत्यु भएको अहिलेसम्मकै धेरै हो । योसँगै नेपालमा कोरोनामा कारण हालसम्म मृत्यु हुनेको संख्या तीन हजार ४ सय १७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ ।
हाल नेपालमा ५९ हजार ७ सय ९८ जना संक्रिय संक्रमित रहेका छन् । ति मध्ये ५५ हजार ५ सय २० जना होम र ४ हजार २ सय ७८ संस्थागत आइसोलेसनमा रहेका छन् । देशभर ६ सय १६ जनाको आईसीयू र १ सय ७९ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । हालसम्म नेपालमा कोरोना पहिचानका लागि २५ लाख ३७ लाख २ सय ९५ वटा नमुना पीसीआर विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





