• सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड बढेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेपछि विमानस्थलमा भीड बढेको हो ।

    संक्रमणको चेन ब्रेक गर्न भन्दै काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएपनि यसअघि हवाइ उडान भने रोकिएको थिएन । सरकारले सोमवार आन्तरिकतर्फका सम्पूर्ण उडान आजदेखि र अन्तर्राष्ट्रिय उडान आगामी २३ गतेदेखि बन्द गर्ने निर्णय गरेको थियो । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेपछि भीड बढेको हो ।

4565