• बैतडीको पञ्चेश्वरमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पंचेश्वर गाउँपालिका–६ का जीतसिंह भण्डारी, डम्बर भण्डारी, दिपक भण्डारी, हिक्मत भण्डारी र जीप चालक तेजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि ५ जना घाईते भएका छन ।

    उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । पंचेश्वर–६ का वडा सदस्य गोबिन्द सिंह भण्डारीको गए राती चट्याङ् लागेर मृत्यु भएपछि उनको शब बोकेर सदरमुकाम आउदै गरेको से १ ज १८३ नं को जिप दुर्घटनामा परेको हो । देहिमाण्डौ–गिरेगडा सडकको पंचेश्वर–६ स्थीत गडमेश्वर मन्दिर नजिक दुर्घटना भएको प्रहरीले बताएको छ ।

4565