-
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । स्वचालित मुख्य प्रणाली अनुसार पछिल्लो पटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले कोभिड–१९ को विषम परिस्थितिलाई मनन् गर्दै मूल्यबृद्धि नगर्ने भनेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै निगमले पछिल्लो पटक मे १ मा इण्डियन आयल कर्पोरेसनबाट बढेर आएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा ३ रुपैयाँ ४२ पैसा र खाना पकाउने एल।पी ग्यासमा प्रति सिलिन्डर ३७५ रुपैयाँ १३ पैसा घाटा रहेको जनाएको छ । जसबाट निगमलाई हाल पाक्षिक करिब एक सय करोड नोक्सान रहेको जनाएको छ ।तर, अहिले कोभिड–१९ को विषम परिस्थितिमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्दा मुलुकको अर्थतन्त्र नै असहज अवस्थामा जान सक्ने खतरालाई मनन् गर्दै तत्काल मूल्यबृद्धिलाई रोकिएको निगमले बताएको छ ।
News Desk 0 response आइतवार, बैशाख १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३