• निषेधाज्ञा जारी भएका जिल्लामा आइतबारबाट सञ्चारकर्मीलाई पनि कडाइ हुने भएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सूचना विभागको कार्ड भएका पत्रकारलाई मात्र आवातजावत गर्न दिने निर्णय गरेको हो।

    सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको छ।

    यसअघि सम्बन्धित सञ्‍चारगृहको कार्ड भएका पत्रकारले आवातजावत गर्न पाउने व्यवस्था रहेकोमा सूचना विभागको कार्ड अनिवार्य गरिएको हो। पत्रकारको सामान्य कार्डको फाईदाउठाउदै सडकमा सवारीसाधनको चाप पछिल्लो कलडाउनमा अत्याधिक बडेको दिेखिएको थियो भने दोस्रो पटक भएको लकडाउनमा सरकारको यो निर्णय कतिको लागूहुने हो त्यो भने हेर्न बाकि रहेको छ । काठमाडौं उपत्यकामा बिहीबारबाट १५ दिनका लागि निषेधाज्ञा जारी भएको हो। आइतबारबाट थप आठ जिल्लासहित देशभरका २९ जिल्लामा निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।

4565