• नेपालमा थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७ सय ६ र ५ सय६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज थपिएका संक्रमित समेत गरी नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट २४ घण्टामा १९ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ सय ८७ जना डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ८२ हजार ३ सय ८२५ पुगेको छ । देशभर हाल ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित रहेका छन । आइसोलेसनमा ४३ हजार २ सय १३ र क्वारेन्टाइनमा ६७ जना रहेका छन् । हालसम्म पीसीआर परीक्षण २४ लाख ८८ हजार ३ सय ५९ पुगेको छ ।

4565