• नवनियुक्त गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन् । आफूमाथि अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले आजै मन्त्रिपरिषद् विस्तार गरी उनलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन् ।

    सामाजिक विकास मन्त्रालय टुक्राएर गुरुङलाई मन्त्री बनाइएको हो । गुरुङ मनाङ ‘ख’ बाट प्रदेशसभाका लागि स्वतन्त्र सांसदका रुपमा निर्वाचित भएका थिए । उनी सांसदमा विजयी भएको केही समयपछि तत्कालिन नेकपामा प्रवेश गरेका थिए । उनले केही दिन अघि भने आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न र पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।

4565