• नेपालमा आज थप चार हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ८ सय ७९ पिसिआर परिक्षणका क्रममा चार हजार सात सय ७४ र नौ सय ५५ वटा एन्टीजेन परिक्षणका क्रममा १ सय २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या तीन लाख १२ हजार ६ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४७ संक्रमित थपिएका छन् । काठमाडौँमा १४ सय ६४, ललितपुरमा ३ सय ५१ र भक्तपुरमा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३२ सय ११ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या दुई लाख ७९ हजार २ सय ७९ पुगेको छ । हाल देशभर ३० हजार २ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ५४ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोना संक्रमण पहिचानका लागि २४ लाख ४५ हजार ९ सय ६८ वटा नमुना पिसिआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

4565