-
नेपालमा आइतबार थप ३ हजार १२२ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।देशभर ९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै, ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको हो। काठमाडौंमा १ हजार १३२ जना संक्रमित देखिएका छन् भने ललितपुरमा २७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख एक सय १९ पुगेको छ । त्यस्तै कोरानोका कारण थप २८ जनाको मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार १ सय ६४ पुगेको छ । त्यस्तै गत २४ घण्टामा ४५० जना निको हुँदा हालसम्म नेपालमा कोरोनाका कारण दुई लाख ७७ हजार ५७३ जनाले कोरोना जितेका छन् ।हाल नेपालमा १९ हजार ३८२ जना आइशोलेशन र ६९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै मन्त्रालयले सञ्चारकर्मीहरुलाई कोरोना भाइरसविरुद्ध जनस्वास्थ्य मापदण्ड नअपनाउने जो कोहीको समाचारलाई निरुत्साहित गर्न अनुरोध गरेको छ ।समग्र आमसञ्चारमा समाचार पढ्दा अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गर्न र मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न आग्रह गरिएको प्रवक्ता गौतमले बताउनुभयो ।
News Desk 0 response आइतवार, बैशाख १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३