-
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म प्रधानमन्त्री केपी ओलीबिरुद्ध अविश्वास प्रस्ताव ल्याउने पक्षमा नरहेको जनाएको छ । कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल जारी राख्र्ने भन्दै अविश्वासको प्रस्ताव भने बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि नवढाउने निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिले अविश्वासको प्रस्तावका लागि अहिलेसम्म संख्या नपुगेको बताउनुभयो । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव राखेर फेल भयो एक बर्षसम्म राख्न नपाइने भएकाले पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव नल्याउने उहाले बताउनुभयो । बैठकले नेपालमा अन्य देशबाट खोप ल्याउनका लागि अन्य देशसंग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै पदाधिकारी बैठकले सोमबार लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र बुधबार बैठक बस्ने तयारी गरिएको उहाले बताउनुभयो ।
बैठकमा क्रियाशिल सदस्यता वितरणको अवस्था, बिभिन्न सात जिल्लामा रोकिएको समायोजनको काम तथा महाधिवेशनको कार्यतालिकका बिषयमा पनि छलफल भएको उपसभापति निधीले बताउनुभयो ।
News Desk 0 response आइतवार, बैशाख १२, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३