-
नेपालमा शनिबार थप २ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको सात हजार ५ सय २५ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ८६ र १ हजार १ सय ४३ वटा एन्टीजेन परिक्षणका क्रममा १ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर शुरु भएयता मृत्युको यो संख्या अहिलेसम्म कै उच्च हो । यस अघि चैत ३० गते कोरोनाका कारण एकै दिन १३ जनाको मृत्यु भएको थियो । यसैगरी कोरोनाको पहिलो लहरका बेला कातिक १९ गते एकै दिन ४३ जनाले ज्यान गुमाएका थिए । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार १ सय ३६ पुगिसकेको छ ।
त्यस्तै पछिल्लो २्र४ घण्टामा ३ सय ६८ कोरोना संक्रमित निको हुँदा नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७७ हजार १ सय २३ पुगेको छ । हाल देशभर १६ हजार ८ सय २८ संक्रमित आइशोलेशनमा रहेका छन् भने क्वारेन्टिनमा रहेको नसंख्या ७१ छ । नेपालमा हालसम्म कोरोना संक्रमण पहिचानका लागि २३ लाख ९५ हजार ७ सय २५ वटा नमुना पिसिआर विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, बैशाख ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३