-
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै गएको बताएका छन् । शनिवार पुनर्निर्मित ऐतिहासिक धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुदै गएको बताएका हुन् । उनले नयाँ शासकिय व्यवस्था संगै लोकतन्त्र सुदृढ हुदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्ने दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु कमजोर हुदै गएको बताए ।
धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै प्रधानमन्त्री ओलीले आ आफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आव्हान समेत गरे । पुर्ननिर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सतर्कता अपनाउँदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिएको र निरन्तरको प्रयासले नै धरहरा पुनर्निमाण सम्पन्न भएको उनको तर्क छ । प्रधानमन्त्री ओलीले सम्मृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान अन्र्तगत सरकारले कोहि पनि भोकै नरहने गरि नेपाललाई विकसित राष्ट्र बनाउने प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री ओलीले धरहरा निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश दिएको बताउँदै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्ने आवश्यकता औल्याए । उनले सरकार आफूलाई आवश्यक पर्ने वस्तुहरुको उत्पादन आफैले गर्ने र आयातमुखी नभई उत्पादनमुखी बनाउने बाटोमा अघि बढेको बताए । कार्यक्रममा उनले आफ्नो कार्यकालमा भएको विभिन्न कामहरुको बारेमा जानकारी गराएका थिए ।
News Desk 0 response शनिबार, बैशाख ११, २०७८
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३