-
सगरमाथा आधारशिविरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण आशंका भए पछि संकास्पद आरोहणदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । पर्यटन विभागका अनुसार उनीहरूलाइ एक साता क्वारेन्टाइनमा राखिएको हो ।
विभागले खटाएका सम्पर्क अधिकृतहरु आधारशिविर नपुगे पछि हिमालयन रेस्क्यु एसोसिएसनले सञ्चालन गरेको स्वास्थ्य शिविरका स्वास्थयकर्मीहरूले संक्रमणको आशंका भएको क्षेत्रमा डोरी बाँधेर सिल गरेका छन् ।स्वास्थ्य शिविरका प्रमुख लाक्पा शेर्पाका अनुसार थप संक्रमण फैलिन नदिन एक सातासम्म उक्त क्षेत्र सिल गरेको र त्यहाँका आरोहणदलका सदस्यलाई हिडडुल गर्न नदिएको जानकारी दिए ।
एक साता अघि आधारशिविरमा सिकिस्त विरामी परेका नर्वेका आरोहीलाई काठमाडौंमा रेस्क्यू गरी उपचार गर्ने क्रममा कोरोना संक्रमण भएको आशंका गरिएको थियो, सोही अनुसार आधार शिविरमा थप कडाइ गरिएको छ । तर सरकारले खटाएका सम्पर्क अधिकृतहरु २० दिन वितिसक्दा समेत एक जना पनि आधारशिविर पुग्न नसके पछि समन्वय गर्न समस्या हुने गरेको शेर्पाको भनाई छ । यस वर्ष सगरमाथा आरोहणका लागि ३७७, ल्होत्सेका लागि १०४, नुप्सेका लागि २३ र पुमोरीका लागि ५ जना गरी ५०९ जना आरोहीले आरोहण अनुमती लिएका छन् ।
सगरमाथा आधारशिविरमा यि चारवटै हिमाल आरोहण गर्ने आरोही, कामदार, सगरमाथा सफाइ गर्ने कामदार लगायत १५ सय जना भन्दा बढी आधारशिविरमा रहेका छन् ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
बजेटको विषयलाइ लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद
आइतवार, असार १, २०८२ -
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
एसईई प्रदेशबाट सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव
शनिबार, जेष्ठ ३१, २०८२
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न,बालमैत्री नगर घोषणाको तयारी
शनिबार, जेष्ठ ३१, २०८२ -
सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२