-
नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिसकेको र विद्यालयमा मापदण्ड पालना नहुँदा बालबालिकामा संक्रमण तीव्र रूपमा फैलिइरहेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट जिल्लामा बालबालिका प्रभावित हुने क्रम बढेको छ ।
प्रशासन र नगरपालिकाले समयमै सहि निर्णय लिन नसक्दा बागलुङमा कोभिड –१९ बाट बालबालिकाहरु प्रभावित बनेका छन् । नेपालको तेश्रो कोरोना संक्रमित फेला परेको बागलुङमा पहिलो चरणको महामारीमा ३ जना बालबालिकामा कोरोना देखिएकोमा दोश्रो चरणमा एकै पटक २३ बालवालिकामा संक्रमण देखिएको छ भने अन्य ६ जना मावि तहका विद्यार्थीमा कोरोना पुष्टि भैसकेको छ ।
जिल्लाका ६८ जना संक्रमित रहेको मध्य बागलुङ नगरपालिकाका मात्र १ देखी १५ वर्ष उमेर समुहका २३ जना बालवालिकामा कोरोना संक्रमण पुष्टी भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । बालबालिकामा फैलिएको संक्रमण समुदायमा संक्रमणको बाहेक हुने भएकोले थप जोखिम बढेको छ । साना बालबालिकामा कोराना लागी हाल्यो भने नियन्त्रण गर्न निकै कठिन हुने स्वास्थ्यकर्मी बताउछन् ।
भौतिक रुपमा पठन–पाठन भैरहेका बिद्यालय बन्द गरि बैकल्पिक रुपमा पठनपाठन हुर्न पर्र्ने बिद्यार्थी तथा शिक्षकहरुको माग रहेको छ । यसको लागि सरकारले दिएको निर्देशनअनुसार विद्यालयहरूले केही समयका लागि दूरशिक्षा प्रणालीबाट पठनपाठन गराउनुपर्ने देखिएको छ । यदि सरोकारवाला र आम नागरिकहरुले स्वास्थ्य मापदण्ड पालन नगरेमा कोरोनाले महामारी रुप लिएको खण्डमा जिल्लाका स्वास्थ्य सस्थाले उपचार गर्न कठिन हुने देखिएको छ । सरकारले बागलुङ लगाएत १४ जिल्लालाई कोरोनाको अति उच्च जोखिममा राखेपनि यसलाई नियन्त्रण गर्ने निकायहरु गम्भीर नवन्दा नागरिकहरुले स्वास्थ्य समस्याको मारमा पर्ने देखिन्छ ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३