-
नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिसकेको र विद्यालयमा मापदण्ड पालना नहुँदा बालबालिकामा संक्रमण तीव्र रूपमा फैलिइरहेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट जिल्लामा बालबालिका प्रभावित हुने क्रम बढेको छ ।
प्रशासन र नगरपालिकाले समयमै सहि निर्णय लिन नसक्दा बागलुङमा कोभिड –१९ बाट बालबालिकाहरु प्रभावित बनेका छन् । नेपालको तेश्रो कोरोना संक्रमित फेला परेको बागलुङमा पहिलो चरणको महामारीमा ३ जना बालबालिकामा कोरोना देखिएकोमा दोश्रो चरणमा एकै पटक २३ बालवालिकामा संक्रमण देखिएको छ भने अन्य ६ जना मावि तहका विद्यार्थीमा कोरोना पुष्टि भैसकेको छ ।
जिल्लाका ६८ जना संक्रमित रहेको मध्य बागलुङ नगरपालिकाका मात्र १ देखी १५ वर्ष उमेर समुहका २३ जना बालवालिकामा कोरोना संक्रमण पुष्टी भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । बालबालिकामा फैलिएको संक्रमण समुदायमा संक्रमणको बाहेक हुने भएकोले थप जोखिम बढेको छ । साना बालबालिकामा कोराना लागी हाल्यो भने नियन्त्रण गर्न निकै कठिन हुने स्वास्थ्यकर्मी बताउछन् ।
भौतिक रुपमा पठन–पाठन भैरहेका बिद्यालय बन्द गरि बैकल्पिक रुपमा पठनपाठन हुर्न पर्र्ने बिद्यार्थी तथा शिक्षकहरुको माग रहेको छ । यसको लागि सरकारले दिएको निर्देशनअनुसार विद्यालयहरूले केही समयका लागि दूरशिक्षा प्रणालीबाट पठनपाठन गराउनुपर्ने देखिएको छ । यदि सरोकारवाला र आम नागरिकहरुले स्वास्थ्य मापदण्ड पालन नगरेमा कोरोनाले महामारी रुप लिएको खण्डमा जिल्लाका स्वास्थ्य सस्थाले उपचार गर्न कठिन हुने देखिएको छ । सरकारले बागलुङ लगाएत १४ जिल्लालाई कोरोनाको अति उच्च जोखिममा राखेपनि यसलाई नियन्त्रण गर्ने निकायहरु गम्भीर नवन्दा नागरिकहरुले स्वास्थ्य समस्याको मारमा पर्ने देखिन्छ ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२