• नेपालमा शुक्रबार थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ७ सय ९८ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ४९ जना र ८ सय ६६ वटा एन्टीजेन परिक्षणका क्रममा १ सय १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९४ हजार ६ सय १ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या तीन हजार १ सय २२ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय १० संक्रमित निको भएका छन् । नेपालमा हालसम्म दुई लाख ७६ हजार ७ सय ५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर १४ हजार ७ सय २४ जना आइशोलेशन र ७५ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख ८८ हजार २ सय वटा नमुना पिसिआर विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565