-
बाँकेमा कोरोनाको दोस्रो लहरको तीव्र गतिमा फैलिदै गएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि कोरोना बिशेष अस्पतालमा शैय्याको अभाव अभाव भएको छ भने उपचारमा समेत समस्या देखिएको छ ।
बाँकेमा चैतको अन्तिम सातादेखि फैलिएको कोरोना तिब्र गतिमा बढ्दै गएको छ । समुदायस्तरमै कोरोना फैलिसकेकाले नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शैय्याको समेत अभाव हुँदै गएको छ । फरक लक्षणसहित देखिएको कोरोना सबै उमेर समूहका मानिसमा देखा पर्दै गएको र लक्षण देखिएका कोरोना संक्रमित बिरामी मध्ये ८० प्रतिशतलाई अक्सिजनको आवश्यकता पर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
जनशक्ति र आइसोलेसन सेन्टरको अभावमा उपचारमा समस्या देखिन थाले पछि अस्पतालका चिकित्सकहरु शैय्या र अक्सिजनको आपुर्तिका लागि बिभिन्न निकायलाई हारगुहार गरिरहेका छन् । बाँकेमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गएकाले भेरी अस्पतालमा सञ्चालन गरिएको आईसोलेसन वार्डमा रहेका १ सय ४२ बेड सबै भरि भराउ भएको भेरी अस्पतालका निमित्त सुपरिटण्डेन्ट डा. प्रकाश थापा बताउछन् । उनले संक्रमण भएर जटिलता भएका बिरामीहरु आउने क्रम जारी रहेकाले थप वेड उपलब्ध गराउन सकिने अवस्था नभएको बताए ।
नयाँ आउने बिरामीलाई भेरी अस्पतालमा राख्न सक्ने ठाउ र शैय्या बिस्तार गर्ने क्षमता नभएको र जनशक्तिको समेत अभाव भएकाले स्थिति भयावह बन्दै गएको छ । उनले भेरी अस्पतालले मात्र सबै कुरा गर्न सक्ने अवस्था नभएकाले संघ, प्रदेश, स्थानीय सरकार देखि बिभिन्न संघ संस्थालाई कोरोना बिरुद्धको लडाईमा ऐक्यबद्ध भएर सहयोग गर्न आग्रह गरे ।
भेरी अस्पतालमा कोभिडका लागि १ सय ४२ बेड सबै बिरमीले भरिभराउ भएको र जसमध्य ८ जना भेन्टिलेटरमा र बाँकी ८० प्रतिशत अक्सिजनमा रहेका छन ।पछिल्लो एक हप्ता यता गम्भिर प्रकृतिका कोरोना संक्रमितको संख्या बढ्दै गएकाले यसलाई कसरी कम गर्न सकिन्छ भनेर सबै पक्ष लागि परेको भेरी अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद कुमारधिताल बताउछन् । उनले भेरी अस्पतालमा स्वाब संकलन देखि स्वाब परिक्षण र बिरामीको उपचार समेत हुने गरेकाले भार बढ्दै गएपछि बाँकेका सबै पालिकाले पनि जिम्मेवारी लिन आग्रह गरे ।
बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेकाले कोरोना संक्रमणका बिरामीहरु दिन दिनै बढ्दै गएपछि अस्पतालमा शैय्याको अभाव हँदै गएको छ । तर, अस्पतालले बारमबर आफनो समस्या बताइरहदा पनि स्थानीय तहहरु मौन बसेका छन ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२