-
कोरोना भाइरसको जालो तोड्ने उद्देश्यले बाँकेको सदरमुकाम नेपालगन्जमा गरिएको लगडाउन फितलो देखिएको छ । आज पहिलो दिन व्यवसाय, तोकिएका कार्यालय तथा शैक्षिक संस्थाहरु बन्द भए पनि मानिसहरुको आवतजावत जारी नै छ ।
फाटफुट सवारी साधन संचालनमा छन् भने मानिसहरुको ओहोरदोहोर पनि जारी
छ । ठाउँठाउँमा सुरक्षाकर्मीले रोक्न कोशिस गरिरहेका छन् । त्यसको बावजुद पनि हिडडुलमा कमी देखिएको छैन । बाँके प्रशासनले तीव्र गतिमा फैलिँदै गएको कोरोना भाइरसलाई परास्त गर्ने उद्देश्यले नेपालगन्जमा एक साता निशेषाज्ञा जारी गरेको हो । अत्यावश्यक बस्तु र सेवाका व्यवसाय भने संचालन गर्न दिइएको छ ।मानिसहरुलाई अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न आव्हान गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज पूर्वनिर्धारित परीक्षा भएकाले केही फितलो भए पनि यसलाई कडा पारिँदै लगिने बताए । बाँकेमा दोस्रो लहरको कोरोना तीव्र गतिमा फैलिँदै गएर जिल्लामा आजसम्म सक्रिय संक्रमित १ हजार ६८६ छन् भने कोरोनाबाट हालसम्म बाँकेमा ६७ जनाले ज्यान गुमाइसकेका छन् । बाहिरी जिल्लाहरुबाट बाँकेमा उपचार गर्न आएका ९८ जनाको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
-
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३

बुधबार, भदौ १७, २०८३